November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रचण्ड र भट्टराईबीच आज पनि भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईबीच आजपनि भेटवार्ता भएको छ । उनीहरुबीच ललितपुरको हात्तिवनस्थित एक घरमा भएको भेटवार्तामा दाहालले समाजवादी केन्द्र बनाएर अघि बढ्न प्रस्ताव राखेको बुझिएको छ । भट्टराई पनि यसमा सहमत छन् ।

स्रोतका अनुसार भेटवार्तामा डा भट्टराई माओवादीमा फर्कन तयार रहेको तर, त्यसको लागि उनले दाहालसामू पार्टी पूनर्गठनको माग गरेका छन् । उनले पार्टीका नाम नै फेर्न दबाब दिएको बुझिएको छ । दाहालले भने यसबारेमा अहिले कुनै ठोस जवाफ दिएका छैनन् । उनले पार्टीमा छलफल गरेर मात्रै के गर्ने भन्नेबारे निर्णय लिने वचन दिएका छन्

दाहाल र भट्टराई पूर्व सहयोद्धा हुन् । संविधानसभाबाट संविधान जारी भएपछि भट्टराई माओवादी छोडेर नयाँ शक्ति निर्माणमा लागेका थिए । मुलुकमा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भन्दै भट्टराईले खोलेको नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्न पुग्यो । त्यसपछि बनेको जसपामा उनी संघीय परिषद् अध्यक्ष बने । तर, अहिले भट्टराई पार्टीको कारबाहीमा परेका छन् ।

Advertisement