November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

अध्यक्ष प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

हालै सम्पन्न नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement