November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रचण्डले भौतिक रूपमा भेटेर शुभकामना एवम् बधाई नलिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भौतिक रूपमा भेटेर शुभकामना एवम् बधाई नलिने भएका छन् । उनको सचिवालयका अनुसार कोभिड संक्रमण बढेसँगै यो क्रम आजैबाट रोकिएको हो ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौँलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवम् शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौँ ।’, प्रचण्डलाई शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै सचिवालयले भनेको छ ।

पुस १९ गते पुनः पार्टी अध्यक्ष बनेका प्रचण्डले नेता÷कार्यकतासँगै शुभेच्छुकहरूको बधाई एवम् शुभकामना भौतिक रूपमा भेटेरै ग्रहण गर्दै आएका थिए ।

Advertisement