November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काँग्रेस सभापति देउवाद्धारा थप १० जना केन्द्रीय सदस्य मनोनीत

काडमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । देउवाले मंगलबार १० जना महिला केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत सदस्यहरु राधा घले, धना खतिवडा, किरण यादव, उर्मिला थपलिया, रूक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा, सीता देवकोटा रहेका छन् ।

काँग्रेसमा १६९ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । सभापति देउवाले मनोनीत गर्न पाउनेमध्ये यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । देउवाले अझैं १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

Advertisement

काँग्रेस विधानमा समावेशी सिद्धान्तअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।