November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

युवा संघ नेपालको जागरण टोली हेटौंडाहुँदै मधेश प्रदेशतर्फ

काठमाडौं । युवा संघ नेपालको महाकाली मेची युवा जागरण अभियान हेटौंडा हुँदै मधेश प्रदेश प्रवेश गरेको छ । अभियानको हेटौडामा विशाल जनसभा भएको थियो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको सभामा स्थानीय युवा तथा पार्टीका नेताहरूले अभियानमा संलग्न युवा संघ नेपालको टोलीलाई भव्य स्वागत गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरकी मेयर मिना लामा, मा. मोना सिग्देलले, युवा सङ्घकी दिलु पन्तसहित मकवानपुर जिल्ला कमिटी युवा संघले स्वागत गरेको थियो ।

सभामा अभियान टोलीका कलाकार मिना विश्वकर्मा र स्वर्ण दुलालले पार्टी र युवाका गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । अभियान टोलीलाई मकवानपुरको सिमाना बारामा पूर्वमन्त्री किसान श्रेष्ठ र युवा संघ बाराका टिमले स्वागत गरेको थियो ।

Advertisement

अभियान टोली मधेस प्रदेश लागेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले जानकारी दिए ।