November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

महाकाली मेची युवा जागरण अभियानलाई काभ्रेको बनेपामा भव्य स्वागत

काभ्रे । महाकाली मेची जागरण अभियान टोलीलाई काभ्रेको बनेपामा भव्य स्वागत भएको छ ।

युवा संघ नेपालको महाकाली मेची जागरण अभियान टोलीलाई काभ्रेको बनेपामा भव्य स्वागत गरिएको हो । टोलीलाई पूर्वको मेचीबाट कार्यक्रम सकेर काठमाडौँ फर्कँदै गर्दा बनेपामा स्वागत गरिएको हो । युवा सङ्घ नेपालको टोली बिहान १० बजे बनेपा पुगेको थियो ।

जागरण अभियानका टोलीलाई जिल्ला कमिटी सचिव गोकुल गौतमले खादा र टिका लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा पार्टीका अन्य जनवर्गीय संगठन प्रमुखहरूको साथै नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

युवा जागरण अभियान सकेर काठमाडौँ फर्कँदै गर्दा काभ्रेको बनेपामा एकीकृत समाजवादीका नेता कार्यकर्ताले भव्य स्वागत गर्दा आफूलाई गर्व महसुस भएको युवासंघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले खुशी व्यक्त गरेका थिए ।

बनेपाको चार दोबाटोमा भएको कोणसभामा सम्बोधन गर्दै विद्यार्थी नेता बदन भण्डारीले जागरण अभियानले पूर्व मेचिदेखि पश्चिममा कालीसम्म नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्तालाई उत्साह थपेको बताए ।

आगामी दिनमा पनि अन्याय, अत्याचार, भ्रष्टाचार र निरङ्कुशताका विरुद्ध यस्ता जागरण अभियानहरू सञ्चालन गरी जनतालाई यथार्थ कुराको जानकारी गराउनुपर्ने कुरामा नेता भण्डारीको विशेष जोड थियो ।