September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १३ सय १५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement