November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रतिनिधि सभा सदस्यका लागि पाँचथर जिल्लाबाट १५ जनाको उम्मेद्वारी दर्ता

पाँचथर । प्रतिनिधि सभाको लागि एकमात्र क्षेत्र रहेको पाँचथरमा प्रतिनिधि सभाको उम्मेदवारको लागी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावको लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी पाँचथरबाट ४ जनाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गराएका छन् ।

पाँचथरमा प्रतिनिधि सभाको चुनाको लागि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेले सत्तारुढ गठबन्धनको तर्फबाट र पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता बसन्त कुमार नेम्बाङको उम्मेदवारी दिएका छन् ।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जयबहादुर योङ्हाङ, राप्रपाका कमल बहादुर चेम्जोङ, नेकपा (माले) का दिनानाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, जसपा नेपालका प्रेमराज लावती, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, जनसमाजवादी पार्टी नेपालका भिमबहादुर तामाङ, राप्रपाका मदन कुमार पोख्रेल र मंगोल नेशनल अर्गनाईजेशनका राजकुमार तुम्रोकले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

स्वतन्त्र उम्मेदवारको रूपमा दलबहादुर आङ्देम्बे, बालकृष्ण काफ्ले, लाखबहादुर पालुङ्वा र बिष्टन लावतीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।