November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

संचारकर्मी मल्लमाथि एमाले कार्यकर्ताद्वारा दुर्व्यवार

२०७९ कार्तिक २६

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ६ स्थित रामपुर चौकमा समाचार सम्प्रेषणका क्रममा गएका ‘हाम्रो विराटनगर’कर्मी पत्रकार निरज मल्लमाथि दुर्व्यवार भएको छ । समाचार संकलनको क्रममा गएका पत्रकार मल्ल माथि नेकपा एमालेका कार्यकर्ता लालबाबु साहले दुर्व्यवार गरेका हुन् ।

शुक्रवार रामपुर चौकमा स्थानियहरूको बिचमा गम्भीर झडप भएको सूचना स्रोतबाट प्राप्त भएपछी समाचार संकलनको लागि गएका मल्ल विरूद्द स्थानीय साहले अश्लिल शब्द प्रयोग गर्दै दुर्व्यवार गरेका थिए । स्थानियबीच भएको सामान्य झगडालाई अतिरञ्जित किसिमको भन्दै अपुष्ट सूचनाको भरमा समाचार संकलन गर्ने क्रममा स्थानिय साहले दुर्व्यवार गरेका थिए ।

स्थानीय तवरमा महानगरस्तरीय ठेक्कापट्टा गर्दै आएका साहले पत्रकार मल्लले संकलन गरेको समाचार तथा कैद गरेको भिडियो तुरुन्त डिलिट गर्नुपर्ने अथवा त्यसको परिणाम जे सुकै हुने भन्दै पत्रकार मल्ललाई धम्की दिने काम गरेको थिए । रामपुरको स्थानीयसँग झगडा गर्न ठूलो समूहसहित उपस्थित साहले आफ्नो मान्छेलाई पत्रकार मल्ल विरूद्द हातपात गर्न समेत उक्साएका थिए ।

Advertisement