काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ ।
इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएको छ ।
रवि लामिछाने आइतबार इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडी तोडफोड गर्नेहरुको खोजी भइरहेको छ ।
तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । गाडीभित्र मानिस रहेकै समयमा गाडी माथि नै चढेर तोडफोड गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ ।