काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न बसेको सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु भएको हो ।
असार ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए भने
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्ड सरकारलाई समर्थन गरेका थिए ।
राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।