November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

न्यूनतम साझा कार्यक्रमबारे बस्यो सत्ता साझेदार दलहरूको बैठक

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे बसेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि बैठक सुरु भएको हो ।

यसअघिको गठबन्धनले बनाएको न्यूनतम साझा कार्यक्रम बनाए पनि उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।

सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिनेछन् ।

Advertisement