November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्न बिहीबार बैठक बस्न लागको हो ।

बुधबार प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक तय भएको हो ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको संयन्त्रको बैठकमा बैठकमा राष्ट्रपतिको विषयमा पनि छलफल हुने जनाइएको छ । यस्तै, पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचनलगायतका एजेन्डामा छलफल हुने जनाइएको छ ।

Advertisement