July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने !

२०७९ फाल्गुन १३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब प्रतिनिधि सभा समक्ष विश्वासको मत लिनुपर्ने भएको छ । राप्रपाले मन्त्रिपरिषद् त्याग्ने निर्णय गर्दै चार मन्त्रीले राजीनामा बुझाएसँगै प्रचण्डले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । राप्रपाले समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ ।

संविधान अनुसार मन्त्रिपरिषद्मा सहभागी राजनीतिक दलले मन्त्रिपरिषद् त्याग गरेमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर, प्रचण्ड भने विश्वासको मत लिनुपर्ने पक्षमा नरहेको बताइएको छ ।

संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभा समक्ष विश्वासको मत लिनुपर्ने भनी किटानी व्यवस्था रहेको छ ।

Advertisement

यो व्यवस्था अनुसार अब प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । त्यसैगरी राप्रपाले प्रदेश सरकारहरुबाट पनि बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । अब राप्रपाले सरकार समर्थन फिर्ता लिएका प्रदेश सरकारहरुले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।