November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

कम्बोडीया पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । कम्बोडीया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नम्बर ९ लालपुर स्थाई घर भई हाल भक्तपुर जगाती बस्दै आएका ३१ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।

उनले बिजु कार्कीलाई वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाईदिन्छु, कम्बोडीया जानको लागि सात लाख लाग्छ भनेर पैसा ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई कम्बोडीया पुगेपछि आरएफसी सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, मासिक एक लाख बढी तलब हुन्छ भन्दै प्रलोभनमा पारेर पीडितबाट पटकपटक गरी सात लाख लिएर सम्पर्कविहीन भएका थिए ।

Advertisement

उनलाई कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षकः सोमेन्द्र सिहं राठौरले जानकारी दिए ।