November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

विराटनगर । मोरङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरा रहेका छन् ।

मंगलबार बिहान पक्राउ परेका महराले ती बालिकालाई आफ्नै घर कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement