November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

देउखुरी क्याम्पसका प्रध्यापकलाई बलात्कार अभियोग

दाङं । देउखुरी क्याम्पसका प्रध्यापक शेषमणि गौतमलाई प्रहरीले दाङबाट बलात्कारको अभियोगमा पक्राउ गरेको छ ।

गौतम पूर्व क्याम्पस प्रमुख पनि हुन् ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित निवासैबाट गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताएका छन् ।

Advertisement

पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।