November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

आफ्नै १४ दिनको छोराको हत्या आरोपी पक्राउ

काठमाडौं । आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार १४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको प्रहरीेले जनाएको छ ।

Advertisement