November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

फेसबुकमा ‘लोन सेवा’ नामक पेज बनाएर ५७ लाख ठगी

काठमाडौं । फेसबुकमा ‘घर जग्जा लोन सेवा’ नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसे रहेका छन् ।

प्रहरीका अनुसार उनलेले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई ‘लोन चाहिएमा सम्पर्क गर्नुहोस्’ भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ ठगी गरेका हुन् ।

उनले रकम लिएर अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोलेर खाताको चेक दिई ठगी गर्ने गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीउपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।