काठमाडौं । आफ्नै दाजुको हत्या गरेको आरोपमा काठमाडौंका एक युवा पक्राउ परेका छन् । ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोपमा २५ वर्षीय भाइ सुरज शाक्य पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सुरजले हतौडा प्रहार गरी दाजुकी हत्या गरेका हुन् । सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा घरायसी विवाद हुँदा भाइले
आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको हो ।
दाजुभाइबीच पहिला पनि पटकपटक झगडा हुने गरेको र हिजो बुढी आमालाई गाली गरेपछि झोंकमा उनले हतौडाले हानेको पाइएको प्रहरीले जनाएको छ ।
घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।