काठमाडौं । बालबालिकाले लगाएको कानको मुन्द्रा चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बनेपा- ७ का ५७ वर्षीय कुसुम शाक्य बुद्धाचार्य र काभ्रेकै बेथानचोक गाउँपालिका- ४ का २१ वर्षीय सुनिल नगरकोटी रहेका छन्।
काभ्रेबाट पक्राउ परेका उनीहरूले बनेपा नगरपालिका भित्रका स्थानबाट बालबालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि उनीहरुले कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै आएको आरोप रहेको प्रहरीले जनाएको छ ।
चोरी गरी लगेको सुन बनेपा नगरपालिका- ७ मा रहेको न्यु सुनचाँदी ज्वेलर्समा बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध हालसम्म पाँच जनाले प्रहरीमा उजुरी गरिसकेका छन्।
पक्राउ परेका आरोपिहरुलाई चोरी मुद्दा कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।