November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काठमाडौंमा कुम ठोक्किएको निहुँमा सामान्य विवाद हुँदा छुरा प्रहार गरी युवकको हत्या

काठमाडौं । काठमाडौंमा कुम ठोक्किएको निहुँमा सामान्य विवाद हुँदा एक युवकको हत्या भएको छ ।शनिबार बत्तीसपुतलीमा सामान्य विवाद हुँदा मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको हो ।

प्रहरीका अनुसार बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।

हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन् । घटना हुँदा शम्भुसँगै उनका एक साथी समेत रहेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको र सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ । उनीहरू बत्तीसपुतलीकै स्थानीय हुन् । उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ ।