काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । आज बिहान चोक नजिकैको नालामा शव फेला परेको हो ।
प्रहरीका अनुसार प्रहरीलाई बिहान साढे ७ बजे शव भेटिएको सूचना आएको थियो । नालामा घोप्टो अवस्थामा शव फेला परेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।