November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रहरी जवान युवराज घिमिरेको हत्या आशङ्कामा ६ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशङ्कामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ । 

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका प्रहरी जवान  घिमिरेको शव शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । 

Advertisement

उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।  स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो ।