काठमाडौं । दुई वर्ष अघि रौतहटमा एक जनाको अपहरण गरी हत्या गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। रौतहटको गौर नगरपालिका ३ का २७ वर्षीय रोहित कुमार जैसवाललाई अपहरण गरी हत्या गरेको आरोपमा गौर नगरपालिका ५ का ५८ वर्षीय राजु मिश्र पक्राउ परेका हुन्।
मिश्रले २७ वर्षीय जैसवाललाई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरेर शव जुटको बोरामा हालेर नन्दवारा पुल मुनि फालेका थिए।
घटनापछि मिश्र भारततर्फ फरार रहेका उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सोमबार पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको छ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरीले जनाएको छ।