September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

लगातार बढिरहेको दोस्रो बजारमा मंगलबार ब्रेक

काठमाडौं- विगत दुई सातादेखि लगातार बढिरहेको दोस्रो बजारमा मंगलबार ब्रेक लागेको छ। लगानीकर्ताको मनोविज्ञान बढ्दा दोस्रो बजारमा लगातार बढिरहेको छ।

मंगलबार नेप्से ५.५७ अंकले घटेको छ। लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचक केही घटेपनि कारोबार रकम भने बढेको छ। मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ।

मगलबार व्यापार, फाइनान्स र जीवन बीमा समूहको सूचकमा सुधार देखिए पनि बाँकी समूह सूचकमा  भने गिरावट आएको हो। थोरै सेयर पुँजी भएका फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको छ।

Advertisement