November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

रौतहट । एकथान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ परेका छन् । नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आइतबार राति पक्राउ परेका उनलाई प्रहरीले  सोमबार सार्वजनिक गरेको छ । उनको पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल रामलाई एकथान घरेलु नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको हो।

Advertisement

गौर नगरपालिका-२ महादेवपट्टि छेउस्थित नेपाल-भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरीको छड्के चेक प्वाइन्ट हुँदै आइतबार मध्यरातमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रामलाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छड्के टोलीले रामले चलाएको मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको हतियार बरामद गरेको र रामसँगै मोटरसाईकलमा सवार अर्का एक भारतीय भने भारत तिरै भागेका थिए ।

सशस्त्र प्रहरीले बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।