काठमाडौं । विराटनगरमा ग्याङ फाइट हुँदा १ युवकको मृत्यु भएको छ । गएराति भएको ग्याङ फाइटमा २१ वर्षीय करण कामतको हत्या भएको हो ।
कामत मोरङको कटहरी गाउँपालिकाका हुन् । अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।
मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।