November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

परराष्ट्रमन्त्री राणा देउवा र अमेरिकी राजदूत थम्प्सनवीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र परराष्ट्रमन्त्री आरजु राणा देउवावीच भेटवार्ता भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर राजदूत थम्प्सनले मन्त्री राणासँग भेट गरेका हुन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूकोसमेत उपस्थिति थियो ।

Advertisement