August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

अमेरिकी उपविदेशमन्त्री रोजर्स आज नेपाल आउँदै

काठमाडौं। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स आज नेपाल आउँदै छिन्। हिजो भारत आइपुगेकी उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन्।

वर्तमान बालेन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आउन लागेकी हुन्।

Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीका अनुसार नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ।