August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

परराष्ट्रमन्त्री शिशिर खनाल चिन जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिन जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी यही जेठ ३१ गते बेइजिङ जाने भएका हुन् ।

चीनको चार दिवसीय भ्रमणमा लागेका खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनी चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तयारीमा रहेका छन्।  

Advertisement

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुको साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने भएका छन्।  

परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले स्वागत समारोह आयोजना गर्दै नेपाली समुदायसँग अन्तरक्रिया  गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। 