November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

६ वर्षीया नाबालिका अपहरण गर्ने तीनजना पक्राउ

विराटनगर । ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान रहेका छन् ।

प्रहरीका अनुसार बालिकाको उद्धार गरिएको छ । पक्राउ परेकाहरुले सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ । सुरुमा ती बालिकालाई सञ्जयले मंगलबार जबर्जस्ती उठाएर लगेको प्रहरीको दाबी छ ।

बालिका अपहरण भएलगत्तै परिवारले खोजतलास गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए । बालिकाको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ÷सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले बुधबार उद्धार गरेको हो ।

Advertisement

प्रहरीका अनुसार बालिकालाई विराटनगर १० स्थित कलानन्द र सरिताको डेरामा बन्धक बनाइराखेको अवस्थामा उद्धार गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।