November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चोरीको ४ केजी चाँदीसहित पक्राउ

विराटनगर । चोरीको चाँदीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले बिहीवार चादीसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको बराहक्षेत्र-१ गौरीगाउका २६ वर्षीय प्रबिन राई रहेको प्रहरीले जनाएको छ ।

एक महिनादेखि ललितपुर म.न.पा. मङ्गलबजारमा रहेको लक्ष्मण संकरको चाँदीको पसलमा काम गर्दै आएको र साउन १९ गते राईले उक्त पसलबाट चाँदी र चाँदीले बनेको सामान चोरी गरी फरार रहेका थिए ।

Advertisement

विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्र नगर र ईलाका प्रहरी कार्यालय चतराले मिति राईलाई उनकै घरबाट चोरी गरेको समानसहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

प्रहरीको अनुसार ४ के.जी. १८७.२६ ग्राम चाँदी र चाँदीले बनेको भाडा-कुडा सहित नियन्त्रणमा लिई अनुशन्धानको लागि इ.प्र.का. महेन्द्रनगर चक्रघट्टी, सुनसरीमा ल्याई आवश्यक कानुनी कार्वाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।