November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुईजना पक्राउ

कपिलवस्तु । स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति करिब साढे ९ बजेतिर उक्त रुपैयाँ बरामद भएको हो ।

प्रहरीकाअनुसार भारतबाट नेपाल आएका यूपी ५५ ए ६६६३ नम्बरको भाडाका गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाका गाडीमा आएका सोही ठाउँ बस्ने ३९ वर्षका उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरेको हो।

दुवै जनालाई नियन्त्रणमा लिई रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement