November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राई रहेकी छन् ।

प्रहरीका अनुसार मृतक राईलाई घरायसी विवाद हुँदा असोज २२ गते उनका ४८ वर्षीय  श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए ।
आगोले जलेर गम्भीर घाइते भएकी पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको  हो ।

घटनामा संम्लग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । 

Advertisement

मृतकको शव सोमबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।