विराटनगर । झापाको भद्रपुर नगरपालिका ५ मेची पुलस्थितबाट ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १२ का २० बर्षीय अनिष चौधरी र २३ बर्षीय जीबछ चौधरी रहेका छन् ।
प्रहरीकाअनुसार हिजो दिउसो साँढे ११ बजे मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका उनिहरुको साथबाट ब्राउन सुगर १ ग्राम ३२ मिलिग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।