काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीवार बिहानैबाट शुरु भएको छ । बुधवारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्ने छ ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । बुधवार ५० जनाले आफ्नो धारणा राखेका थिए ।
प्रत्येक केन्द्रीय सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रश्तावमाथि छलफल भइरहेको छ ।
बैठकमा संसद पुनःस्थापना र महाधिवेशनबारे छलफल जारी छ ।