August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

एमालेको अपानि २ अनिवार्य अध्ययन गर्न भट्टराईको अनुरोध

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले जेठ १५ गते गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पार्टीको अन्तरपार्टी निर्देशन–२ (अपानि २) जारी भएको बताएका छन् ।

उनले अपानिमा उल्लेखित विषयहरू आफैँमा महत्वपूर्ण रहेको र त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएकाले यसले ऐतिहासिकता कायम गर्ने बताए ।

उनले अपानिमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको जानकारी दिए । यस्तै, अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको बताए । उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानिमा गरिएको उनले बताए ।

Advertisement

साथै उनले सबैलाई छर्लङ्ग हुन र ढुक्क रहन आग्रह समेत गरे ।