काठमाडौं । नेकपा एमालेको महाधिवेशन काठमाडौंमा हुने भएको छ । यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पोखरामा पार्टीको १५औं महाधिवेशन स्थान शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।
बैठकले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताइएको छ । प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने पनि उनले बताए ।