November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

निर्वाचन प्रयोजनका लागि एनालेद्वारा दल दर्ता

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार निर्वाचन आयोगको कार्यलयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनका लागि ९३९ दर्ता नम्बर प्राप्त भएको र प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएको एमालेले जनाएको छ । समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समयसीमा तोकिएको छ।

Advertisement

नेकपा एमाले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै  सर्वोच्च अदालत पुगेको छ।