पाँचथर । छुरी प्रहार गरी हत्या गरेको आरोपमा ८२ बर्षीय बृद्ध पक्राउ परेका छन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मंसिर २८ गते वर्ण सिंह आङदेम्बेको घरमा सामान्य बादविबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमानै मृत्यु भएको थियो ।
बृद्धलाई छुरीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।