November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

सक्रिय राजनीतिबाट बिदा भए एमाले नेता काशिनाथ अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । ४४ बर्ष राजनीतिमा सक्रिय रहेका उनले राजनीतिबाट बिदा भएको घोषणा गरेका हुन् ।

अधिकारीले आफु ३३ बर्षसम्म केन्द्रीय सदस्य भएपनि कहिल्लै नेता नभएको र कार्यकर्ता भएको राजनीतिककर्मी रहेको बताएका छन् ।

एमालेको ११औं महाधिवेशन पछि कैयौं वरिष्ठ नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । यसैक्रममा अधिकारीले पनि बिदा लिएका हुन् ।

Advertisement

उनले अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने बताउदै पार्टीको साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहने बताएका छन् ।