November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

नग्न तस्बिर साथीभाइ र आफन्तलाई पठाएर नाबालिगको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१२, कैलाली बस्ने २७ वर्षीय सन्दीप चन्द रहेका छन् ।

प्रहरीका अनुसार चन्दले नाबालिकलाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारेर नग्न तस्वीर तथा भिडियो मागेका थिए ।

पछि थप अश्लिल गतिविधि नियमित गर्न लगाउँदा नाबालिगले नमानेपछि तस्बिर र भिडियो पीडितको विद्यालयका साथी र आफन्तलाई पठाइदिएको आरोप चन्दमाथि छ । त्यसबारे अनुसन्धान गर्ने क्रममा प्राविधिक विश्लेषणका आधारमा चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीमाथि थप अनुसन्धान गर्न अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।