काठमाडौं । सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको हो ।
अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ९९० रुपैयाँ रहेको चाँदी आज ५ हजार १९५ रुपैयाँ पुगेको हो ।