November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने

काठमाडमौं । प्रतिनिधि सभाका लागि नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने भएको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन् ।

थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन् । उनी गत महाधिवेशनमा दोहोरिएर अध्यक्ष निर्वाचित भएका थिए ।

उक्त निर्वाचन क्षेत्रबाट यसअघि दुईपटकको निर्वाचनमा निर्वाचित भएका पार्टीका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर थेबेलाई टिकट दिईएको हो ।

Advertisement