November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

ओढारभित्र लुकाएर राखेको अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

काठमाडौं । रुकुमपूर्व प्रहरीले ओढारभित्र लुकाएर राखेको अवस्थामा ५ थान भरुवा बन्दुक बरामद गरेको छ । भूमे गाउँपालिका–८ स्थित सिपाखोलाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका ५ थान भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीकाअनुसार विशेष सूचनाको आधारमा खोजतलास गर्दा जंगलको ओढारभित्र लुकाएर राखेको अवस्थामा ती बन्दुकहरू फेला परेका हुन् ।

बरामद हतियारमध्ये ४ वटा प्रयोग गर्न मिल्ने (चालु) अवस्थामा छन् भने एउटा बिग्रिएको छ । ती बन्दुकहरू बरामद गरी अहिले कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले ती हतियार कसले र कुन प्रयोजनका लागि राखेको हो भन्नेबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।