काठमाडौं । सैनिक हेडक्वार्टर जङ्गी अड्डा अगाडि ‘बम राखिएको छ’ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह रहेका छन् ।
उनले जङ्गीअड्डा अगाडी पेट्रोल पम्पमा झोलामा बम रहेको हल्ला फैलाएका थिए । त्यसपछि उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको हो ।
सिंहले भनेको झोला खोलेर हेर्दा त्यसमा इट्टा राखेको भेटिएको प्रहरीले जनाएको छ ।
आरोपीमाथि अफवाह फैलाउन नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।