विराटनर । भोजपुरको हतुवागढी गाँउपालिका–९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका–९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकि भित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा आमचोक–९ का रुद्र बहादुर श्रेष्ठ , निशान मगर, नीर बहादुर श्रेष्ठ, धनकुटाको सहिदभूमि–२ का सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के ,दिप कुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन–६का लाक्पा शेर्पा रहेका छन् ।