November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालय पुगे श्रीमान्

काठमाडौं । ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान् प्रहरी कार्यालय पुगेका छन् ।

गोदावरी नगरपालिका–७ देउरी ३० वर्षीय विनोद तमाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेर प्रहरी चौकी पुगेका हुन् ।

‘घरायसी झगडाका क्रममा मदिरा सेवन गरेर चिर्पटले श्रीमतीलाई हानेको थिएँ’ भन्दै विनोद शुक्रबार बिहानै प्रहरी चौकी पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

कोपिलाको शव खाटमा सुतेको अवस्थामा फेला परेको थियो । मृतकको शरीरको टाउकोसहित विभिन्न भागमा चोट लागेको छ ।

दुवै जनाले मूर्ति बनाउने काम गर्ने गरेको प्रहरीले बताएको छ । विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।