विराटनगर । मोरङमा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
जिल्लाको रतुवामाई नगरपालिका– २, घररुचोकस्थित सीमा इलाकाबाट पाँच सय दरको ४० बन्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो ।
आइतबार राति भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागी जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए ।
बरामद रुपैयाँ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।